Attestation

Attestation/प्रमाणीकरणः
विवाहित / अविवाहित /जन्म दर्ता /नेपाली नागिरकताको प्रमाणपत्रको प्रमाणिकरणः
विवाहित / अविवाहित /जन्म दर्ता /नेपाली नागिरकताको प्रमाणपत्रको प्रमाणिकरण गर्नका लागि राजदूतावासमा निम्नानुसारका प्रकृया पुगेका कागजात मात्र पेश गर्नु होला:

१. निवेदकको सक्कल कागजातको अाधारमा नेपाल सरकारको स्थानीय निकायबाट अंग्रेजीमा अनुवाद गरीएको प्रमाणित कागजातलाई नेपालको परराष्ट्र मन्त्रालयबाट प्रमाणित गराई सो को सक्कल
प्रति पेश गर्नुपर्नेछ।
२. पेश गरिएको उक्त कागजातलार्इ राजदूतावासले जाँच गरे पश्चात निर्धारित ढाँचामा निवेदन दिन सक्नु हुनेछ ।
३. तपार्इंको निवेदन स्विकृत भएमा प्रति कागजात तोकिए बमोजिमको श्रीलङ्कन रु‍पैया राजदूतावासको लेखा शाखामा राजस्व जम्मा गर्नु पर्नेछ ।
४. तपार्इंको निवेदन र कागजात ठिक भएमा राजदूतावासबाट साेही दिन यो सेवा पाउन सक्नु हुनेछ ।

The Embassy provides other consular services such as attestation of documents, recommendations, certifying legal documents, foreign employment issues and problems for Nepalese national.