माले-काठमाडौं रुटमा २ सेप्टेम्बरको लागि (2 September) हिमालय एयरलायन्सको थप एक चार्टर उडानको व्यवस्था गरिएको सम्बन्धमा ।

नेपाल एयरलायन्स र हिमालय एयरलायन्सको ५ वटा विशेष उडानहरु मार्फत जुन र जुलाई महिनामा गरी ७०७ जना नेपाली नागरिकहरु माल्दिभ्सबाट नेपाल फर्कनु भइसकेको व्यहोरा जानकारीका लागि अनुरोध छ। हाल माल्दिभ्समा कार्यरत नेपाली समुदायबाट थप एक उडान राख्नको लागि दूतावासलाई निरन्तर अनुरोध आइरहेको सन्दर्भमा माले-काठमाडौं रुटमा २ सेप्टेम्बरको लागि (2 September) हिमालय एयरलायन्सको थप एक चार्टर उडानको व्यवस्था गरीएको छ ।

अतः उल्लिखित उडान मार्फत नेपाल फर्कन चाहने नेपाली नागरिकले ध्यान दिन पर्ने कुराहरु यसप्रकार रहेका छन्-

 माल्दिभ्स सरकारले बिमानस्थलमा थर्मल स्किनिङ्ग गरेर उपलव्ध गराउने Health Certificate अनिवार्य रुपमा साथमा बोक्नुपर्ने ।रिसोर्टले छुट्टै Health Certificate उपलव्ध गराएको खण्डमा सो पनि साथमा बोक्ने ।

 

 Visa/Work Permit Card को अवधि सकिएको व्यक्तिहरुको हकमा IM 34 Departure फारम को सक्कल प्रति माल्दिभ्स अध्यागमनमा वुझाउनु पर्ने हुनाले विमानस्थलमा जाँदा आफू साथै लिएर जानुपर्ने। ।उक्त फारममा कम्पनीको छाप र हस्ताक्षर चाहिने हुनाले कम्पनीसँग अग्रिम सम्पर्क गर्नुहुन अनुरोध छ । IM 34 Departure फारम को लिङ्क यसप्रकार रहेको छ:
https://immigration.gov.mv/…/04/Emergency-Departure-IM34.pdf

 

 IM 34 Departure फारम माल्दिभ्सको अध्यागमन विभागको वेभसाइटमा पनि उपलव्ध छ ।

 

 सबै यात्रुहरुले RT-PCR परीक्षण (उडान समयबाट बढीमा ७२ घन्टा अगाडिसम्मको मान्य हुने ) गरेको खण्डमा सोझै Home Quarantine मा पठाइने । तर माल्दिभ्सबाट यात्रा गर्ने सबैको हकमा RT-PCR परीक्षण सम्भव नहुने हुनाले आफ्नै खर्चमा कम्तीमा ७ दिन होटलमा अनिवार्य रुपमा Quarantine बस्नु पर्ने ।

 

एउटै उडानमा RT-PCR Negative भएका र RT-PCR परीक्षण नभएका यात्रुहरु मिसिएर आएमा सबै यात्रुहरुलाई अनिवार्य रुपमा Hotel Quarantine मा राखिने ।

 

Hotel Quarantine बस्नु पर्ने गरी हवाई उडानबाट नेपाल आउने यात्रुलाई हवाई टिकट जारी गर्दाकै अवस्थामा Hotel Quarantine मा कम्तीमा ७ दिन बस्दा लाग्ने खर्चसमेत सम्बन्धित एयरलायन्सले यात्रुबाट लिनुपर्ने । यसरी उठाइएको Hotel Quarantine बापतको रकम सम्बन्धित होटेललाई भुक्तानी गर्ने दायित्व सम्बन्धित एयरलायन्सको हुने ।

 

 यात्रुले भर्नुपर्णे व्यक्तिगत विवरण फारम उडान हुनु अगावै www.ccmc.gov.np बाट डाउनलोड गरी 2 प्रति भरेर सोको Bar code वा Print Copy साथमा राख्ने । (नेपालको विमानस्थल तथा होल्डिङ्ग एरियामा वुझाउनु पर्ने) ।उक्त फारमको लिङ्क यसप्रकार रहेको छः

https://ccmc.gov.np/arms/person_add.php

 

 यात्रा सुरु हुनु भन्दा 5 घन्टा अगावै यात्रुले हवाई टिकट, राहदानी, माथि उल्लिखित व्यक्तिगत विवरण भरेको फारम साथमा लिई एयरपोर्ट पुगिसक्नु पर्नेछ । Visa/Work Permit Card सकिएका व्यक्तिहरुको हकमा IM 34 Departure फारमको सक्कल प्रति पनि साथमा अनिवार्य रुपमा हुनुपर्नेछ ।