कागजात प्रमाणीकरणका

१. यस राजदूतावासमा कागजात प्रमाणीकरणका लागि आउनु पूर्व ख्याल राख्नु पर्ने कुराहरूः

  • यस राजदूतावासमा प्रमाणीकरण गर्नु पर्ने कागजात पहिले देहायबमोजिमको निकायबाट प्रमाणीकरण गरेको हुनुपर्नेछः

क्र.सं.

कागजात उत्पत्तिको देश

यस दूतावासमा ल्याउनु पूर्व प्रमाणीकरण गर्नुपर्ने निकाय

१.

नेपालमा बनेका कागजात भएमा

कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर काठमाडौं

२..

श्रीलंका बनेका कागजात भएमा

श्रीलंकाको परराष्ट्र मन्त्रालय

  • प्रमाणीकरणका लागि सक्कलै कागजात ल्याउनु पर्नेछ, फोटोकपीमा प्रमाणीकरण गरिदैँन।

२.आवश्यक कागजातहरूः

  • कागजातको विवरण/नाम तथा निवेदकको विवरण खुलाई प्रमाणीकरणका लागि लेखिएको निवेदन ,
  • प्रमाणीकरण गर्नुपर्ने कागजात सक्कल र सो को प्रतिलिपी,
  • निवेदकको सक्कल राहदानी र सो को प्रतिलिपी,
  • आवश्यकता अनुसार अन्य कागजातहरू।

३. लाग्ने राजस्वः

  • कागजात प्रमाणीकरणको राजस्व सामान्यतया प्रति कागजात १३१२० लंकन रुपैंया लाग्नेछ।

४. लाग्ने समयः

  • रित पुगेको कागजात भएमा सोही दिन तर थप बुझ्नु पर्ने खण्डमा सोही बमोजिम खुलेर आए पश्चात।