एक तर्फी यात्रा अनुमतिपत्र

राहदानी च्यात्तिएको, हराएको वा नासिएको हकमा देहायका कागजात सहित यस राजदूतावासमा निवेदन गर्नु पर्नेछः

  • स्पष्ट कारण उल्लेख गरी लेखिएको यस दूतावासलाई सम्बोधन गरिएको निवेदन
  • नेपाली नागरिकताको प्रतिलिपी
  • राहदानीको प्रतिलिपी
  • राहदानी हराएको हकमा हराएको दर्ता गरिएको प्रहरी प्रतिवेदन
  • हालसालै खिचिएको २प्रति फोटोहरू

विदेशमा जन्मिएको नवजात बच्चाको हकमा देहायका कागजात सहित यस राजदूतावासमा निवेदन गर्नु पर्नेछः

  • यस दूतावासलाई सम्बोधन गरिएको निवेदन बाबु र आमाको नागरिकताको प्रतिलिपी
  • बाबु र आमाको राहदानीको प्रतिलिपी
  • बाबु र आमाको विवाह दर्ताको प्रतिलिपी
  • बच्चाको विदेशको जन्म दर्ता
  • बच्चाको हालसालै खिचिएको २ प्रति फोटोहरू

दस्तुरः १३१२०/- लंकन रुपैंया

सबै कागजातहरू दुरुस्त भएको खण्डमा सामान्यतयाः सोही दिन वा अर्को कार्य दिन भित्र एक तर्फी यात्रा अनुमतिपत्र जारी गरिनेछ।