राहदानी नवीकरण
राहदानी नवीकरण हुने कारणहरूः
- राहदानीको म्याद सकिन १ वर्ष भन्दा कम समय भएमा
- राहदानीको पाना सकिन लागेमा
- राहदानी हराएमा, च्यातिएमा वा नासिएमा
आवश्यक कागजातहरू:
- सक्कल राहदानी
- सक्कल नागरिकता
- हराएको अवस्थामा राहदानी हराएको भनेर स्थानीय प्रहरीमा गरिएको Police Report
- १६ वर्ष भन्दा कम उमेरका नाबालकको हकमा भने सक्कल राहदानी, नाबालक परिचयपत्र, बुवाआमाको विवाहदर्ता प्रमाणपत्र, बुवाआमाको राहदानी र नागरिकताको प्रतिलिपी
नोटः नाबालकको जन्म माल्दिभ्स वा श्रीलंकामा भएमा प्रथम पटक राहदानी जारी गर्दा जन्मदर्ताको प्रमाणपत्र आवश्यक पर्ने साथै ५ वर्ष मुनिका नाबालकको राहदानी सेवाका लागी दूतावासमा उपस्थित हुनु नपर्ने समेत जानकारी गरिन्छ
राहदानी नवीकरण प्रक्रियाः
१. यस दूतावासबाट राहदानी सेवा Direct Enrollment मार्फत् प्रदान गरिने हुँदा अनलाईन फाराम भर्नु नपर्ने;
२. Appointment Date को दिन:
- ल्याउनु पर्ने कागजातहरूः
-
- नागरिकताको सक्कल वा फोटोकपी
- राहदानीको सक्कल तथा फोटोकपी
- राहदानी हराएको हकमा स्थानीय प्रहरीमा गरिएको Police Report
- १६ वर्ष भन्दा कम उमेरकाको हकमा बाबुआमाको नागरिकता र राहदानी तथा विवाहदर्ता
-
- लाग्ने समयः १ दिन
- लाग्ने राजस्वः
|
विवरण |
१० वर्ष भन्दा मुनिका नाबालक (ल. रु) |
१० वर्ष भन्दा ठूलो उमेरका (ल. रु) |
|
साधारण ३४ पाने राहदानीको नवीकरण |
१३१२०/- |
२६.२४०/- |
|
हराएको/च्यात्तिएको/नासिएको अवस्थामा |
२६.२४०/- |
५२,४८०/- |
३. नयाँ राहदानी आउन लाग्ने समयः
- नवीकरणका लागि राजदूतावासमा आवेदन दिएपश्चात सामान्यतया करिब २ महिना समय लाग्नेछ।
४. नयाँ राहदानी संकलनः
- नयाँ राहदानी आएपश्चात राहदानी लिन आउँदा अनिवार्य रूपमा आफ्नो हालको राहदानी लिई आउनु पर्नेछ।