तत्काल नेपाल फर्किन चाहनु भएका नेपाली नागरिकहरुलाई आफ्नो विवरण अध्यावधिक गर्न अनुरोध

 तत्काल नेपाल फर्किन चाहनु भएका नेपाली नागरिकहरुलाई आफ्नो विवरण अध्यावधिक गर्न अनुरोध

नेपाल सरकारद्वारा कोरोना भाइरसको विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने आदेश जारी भएका कारण श्रीलंका र माल्दिभ्समा रहनु भएका नेपाली नागरिकहरुलाई दूतावासको वेभसाइटमा उपलव्ध Travel to Nepal फारम (https://lk.nepalembassy.gov.np/registration-form-to-return-to-nepal/) यथाशक्य शीघ्र भरी आफ्नो विवरण उपलव्ध गराउन अनुरोध छ । दूतावासले सबै विवरण संकलन गरे पश्वात प्राथमिकताको आधारमा नेपाल फर्कने कार्यको सहजीकरण गर्ने व्यहोरा अनुरोध छ । साथै, यससम्बन्धमा अन्य व्यवस्था र शर्तहरु तपशिल बमोजिम रहेका छनः

 

  • नेपाल प्रवेश गर्ने प्रत्येक नागरिकले अनिवार्य रुपमा 14 दिनसम्म स्थानीय तहको क्वारेन्टिन वा होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ ।तत्पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप 7 दिन अनिवार्य होम (गृह) क्वारेन्टिनमा बस्नु पर्नेछ ।

 

  • हवाई उडान गर्नुअघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण(पि.सि.आ/आर.डि.टी./अन्य परीक्षण ) को प्रमाण साथमा राख्नु पर्नेछ ।

 

 

  • एक सय दशमलव चार डिग्री फरेनहाइट (100.40 एफ.) भन्दा बढी ज्वरो आएकालाई आइसोलेसन कक्षमा लैजाने र अन्यलाई नेपाली सेनाको संयोजकत्वमा सम्बन्धित जिल्ला सदरमुकामसम्म पुर्‍याउने व्यवस्था गरिनेछ ।

 

  • भारतबाहेक अन्य मुलुकबाट आउनेले हवाई खर्च र होटल क्वारेन्टिन लगायत सम्पूर्ण खर्च आफैंले व्यहोर्नु पर्नेछ ।

 

  • भारत र तेस्रो मुलुकबाट आएकाले आफ्नो मोबाइलमा स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको “ हाम्रो स्वास्थ्य” एप डाउनलोड गरी क्वारेन्टिन रहंदाको अवधिमा नियमित रुपमा स्वास्थ्य विवरण अध्यावधिक गर्नुपर्नेछ ।

 

 

  • नेपाल फर्कनेले तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ ।